भिमकालीसँग बि–१३ पराजित

कास्की | जेठ १०, २०७९

भिमकालीसँग बि–१३ पराजित

पोखरा:    जनएकता क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा रविन्स गार्डेनलाई पुलिस ट्रेनिङ  सेन्टरले ४–० गोलले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ । 

 

पुलिसका लागि कृष्ण गुरुङले दुई तथा सुर्य मगर र शक्ति मिजारले समान एक एक गोल गरे । खेलमा शक्ति मिजार म्यान अफ दि म्याच घोषित भए ।

 

त्यस्तै दोस्रो खेलमा बि–१३ लाई भिमकाली एफसीले २–० गोलले पन्छाएको छ । सुमित श्रेष्ठले दुवै गोल गर्दै म्यान अफ दि म्याचको हकदार भए । 

 

तेस्रो खेलमा मर्दी एफसीले रिलीमिली एफसीलाई ६–० ले पराजित गरेको छ । विशाल सुनारले दुई, रोशन थापाले २ र मनिष थापाले दुई गोल गरे । खेलमा विशाल सुनार म्यान अफ दि म्याचबाट पुरस्कृत भए । चौथो खेलमा २५ केले कमलपोखरी एफसीलाई १–० को कठिन जित निकाल्यो । अनिष परियारले निर्णायक गोल गर्दै म्यान अफ दि म्याच हकदार बने । 

 

मन्त्र चर्च ब्वाईजले मेरो नेपाली युथ क्लब बीलाई ६–० ले पराजित गरेको छ । मन्त्रको लागि भिडी छन्त्यालले ह्याट्रिक गरे । निशान गुरुङले एक, बीर तामाङ र साईमन तामाङले एक एक गोलको योगदान दिए । छन्त्याल म्यान अफ दि म्याच भए । 

 

भदौरे एफसी जनएकता युथा क्लब सेतोसँग २–१ गोलले पराजित हुन पुग्यो । भदौरेका लागि राजन थापाले गोल गरे । जनएकताका लागि रविन गुरुङ र राहुल थापाले गोल गर्दै जित दिलाए । राहुल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै मनोहर एफसीलाई कमलपोखरी एफसीले ६–० ले पन्छायो । अजय गुरुङले चार तथा उपेन गुरुङ र सुदेश गुरुङले एक एक गोल गरेका थिए । 
 

 

रामेश्वरी माविको खेलमैदानमा आयोजित प्रतियोगितामा ४६ टोलीको सहभािगता रहेको छ । विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्